एमाले सचिवालय बैठक मङ्गलबार

  मंसिर २१, २०८१

काठमाडौँ, २१ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय सचिवालय बैठक मङ्गलबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले यही मङ्सिर २५ गते दिउँसो ४ बजे सचिवालय बैठक बस्न लागेको जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण, उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने छ ।

तपाईको प्रतिक्रिया