एनपिएल : लुम्बिनीद्वारा विराटनगर सामु एक सय ९२ रनको लक्ष्य प्रस्तुत

  मंसिर १९, २०८१

काठमाडौँ, १९ मङ्सिर : नेपाल प्रिमियर लिग (एनपिएल)को सातौँ खेलमा लुम्बिनी लायन्सले विराटनगर किङ्ग्स सामु जितका लागि एक सय ९२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको आजको दोस्रो खेलमा लुम्बिनीले विराटनगरलाई जितका लागि एक सय ९२ रनको लक्ष्य दिएको हो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ९१ रन बनाएको हो ।

लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४६ रन बनाए । उनले २९ बलमा दुई छक्का र चार चौका प्रहार गर्दै ४६ रन बनाएका हुन् । यस्तै, टम मूर्सले ३०, विवेक यादवले १९, अर्जुन साउदले १७ रनको योगदान लिए ।

लुम्बिनीका लागि आशुतोष घिरैया र साद बिन जफरले समान १५/१५ रन, सन्दीप जोराले १२, बेन कटिङले छ र रामोन सिमन्ड्सले दुई रन बनाए । लुम्बिनीले अतिरिक्त २९ रन पाएको छ ।

विराटनगरका लागि सन्दीप लामिछाने, इस्मत आलम र राजेश पुलामीले समान एक/एक विकेट लिए । अहिले विराटनगरले जवाफी ब्याटिङ गरिरहेको छ ।

तपाईको प्रतिक्रिया