भन्सार दर घटेपछि तोलामै १५ हजार नौ सयले घट्यो सुनको मूल्य

  २ घण्टा अगाडि

काठमाडौं, १० मङ्सिर : सरकारले भन्सार दर घटाएपछि सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार तीन सय रुपियँँमा कारोबार भइरहेको छ । अघिल्लो दिन आइतबार सुन प्रतितोला एक लाख ६७ हजार दुई सय रुपियाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला एक हजार नौ सय ६० रूपियाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार आठ सय ४५ रूपियाँमा किनबेच भइरहेको छ । आज चाँदी हिजाेकाे तुलनामा प्रतितोला एक सय १५ रूपियाँ घटेको हो ।

तपाईको प्रतिक्रिया