बेलायतका पूर्व उपप्रधानमन्त्री जोन प्रेस्कटको निधन

  मंसिर ०६, २०८१

लन्डन, ६ मङ्सिर (रासस/एएफपी) : बेलायतका पूर्व उपप्रधानमन्त्री जोन प्रेस्कटको ८६ वर्षको उमेरमा निधन भएको उहाँको पारिवारिक स्रोतले बिहीबार जनाएको छ ।

प्रेस्कटले जलवायु परिवर्तन सम्बन्धि सन् १९९७ को अन्तर्राष्ट्रिय क्योटो प्रोटोकलमा बेलायतका लागि वार्ताको नेतृत्व गर्नु भएको थियो ।

अमेरिकाका पूर्व उपराष्ट्रपतिलगायतले उहाँ प्रति श्रद्धाञ्जलि अर्पण गर्दै “जलवायु सङ्कट समाधान गर्ने उहाँको प्रतिबद्धता प्रति सदाका लागि आभारी हुने बताउनु भएको छ ।

बेलायती लेबर पार्टी बाट प्रधानमन्त्री बनेका कीर स्टारमरले प्रेस्कट “श्रम आन्दोलनको अभियान्ताको रुपमा श्रमजीवी जनताको समर्थक र ट्रेड युनियनवादी रहेको बताउनु भएको छ ।

चार दशकसम्म उत्तरी इङ्गल्यान्डको संसद सदस्यको रूपमा सेवा गरेका पूर्व व्यापारी नाविक तथा ट्रेड युनियन कार्यकर्ता प्रेस्कटको “शान्तिपूर्वक“ मृत्यु भएको उहाँकी श्रीमती पाउलिन र छोराहरूले स्पष्ट पार्नु भएको छ ।

प्रेस्कटलाई सन् –२०१९ मा प्यारालाईस भएको थियो भने अल्जाइमरको समस्याका कारण गत जुलाईमा संसदको माथिल्लो सदनको सदस्य पद छोड्नु भएको थियो ।

तपाईको प्रतिक्रिया