उपसभामुख रानाद्वारा ढुङ्गानाप्रति श्रद्धाञ्जली

  मंसिर ०२, २०८१

काठमाडौँ, २ मङ्सिर : उपसभामुख इन्दिरा रानाले पूर्वसभामुख दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा पुगेर उहाँले ढुङ्गानाप्रति श्रद्धाञ्जली प्रकट गर्नुभएको हो ।

वरिष्ठ अधिवक्तासमेत रहनुभएका ढुङ्गानाको पार्थिव शरीर अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शवगृहमा राखिएको छ । ढुङ्गानाको अन्त्येष्टि भोलि पशुपति आर्यघाटमा गरिने बताइएको छ । त्रियासी वर्षको उमेरमा आज दिउँसो १ः३० बजे ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ ।

मानवअधिकारकर्मी तथा नागरिक समाजका अगुवासमेत रहनुभएका ढुङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया