सुनको मूल्य तोलामा दुई हजारले बढ्यो

  कार्तिक २३, २०८१

काठमाडौँ, २३ कात्तिक : स्थानीय बजारमा शुक्रबार सुनको मूल्य तोलामा दुई हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ६४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ६६ हजार पाँच सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा २० ले बढेको छ । बिहीबार प्रतितोला  एक हजार नौ सय ६० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार नौ सय ८० निर्धारण भएको छ । (रासस)

तपाईको प्रतिक्रिया