इनरुवा (सुनसरी), १७ कात्तिक : जिल्लाको कोसी गाउँपालिका–७ हरिपुरबाट आज तीन सय ४० किलोग्राम (किलो) गाँजासहित एक ट्रक नियन्त्रणमा लिइएको छ ।
गोप्य सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गएको टोलीले जाँच गर्दा गाँजा सो परिमाण गाँजासहित ट्रक नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक राजाराम तिम्सिनाले जानकारी दिनुभयो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०४१४ नं को ट्रकबाट गाँजा लिैजाँदै गरिएको अवस्थामा प्रहरीले रोक्न खोज्दा चालक ट्रक छोडेर भागेका थिए । यस विषयमा थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।