काठमाडौँ, १४ कात्तिक : काठमाडौँ महानगरपालिकाले साफ महिला च्याम्पियनसिप (साउथ एसियन फुटबल फेडेरेसन वुमन्स कप) २०२४को फाइनल खेल तीन ठाउँमा प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
बुधबार साँझ ६ः३० बजेदेखि दशरथ रङ्गशालामा हुने नेपाल–बङ्गलादेशबिचको फाइल खेल तीन ठाउँबाट महानगरले प्रत्यक्ष प्रसारण गर्न लागेको हो ।
महानगरका अनुसार काठमाडौँको टुँडिखेल, चाबहिलको फुटबल ग्राउण्ड र हाँडीगाउँको सानो गौचरणमा एलइडी स्क्रिनबाट फाइलन खेलको प्रसारण गराउन लागिएको हो ।
खेलको प्रवर्द्धन, खेलाडी, प्रशिक्षक र व्यवस्थापकको प्रोत्साहनका प्रदर्शन हुने प्रत्यक्ष प्रसारण खेल अवलोकनका लागि आफूलाई पायक पर्ने स्थानमा जानुहुन फुटबल खेलप्रेमी दर्शकहरुलाई महानगरले अनुरोध गरेको छ ।