काठमाडौँ, ३० असोज : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको विशेष अधिवेशनका लागि अपिल गरेको छ ।
रास्वपाले आज एक विज्ञप्ती जारी गर्दै राष्ट्रिय जीवनका तमाम समसामयिक समस्याबारे तत्काल छलफल गर्न सो अपिल गरेको हो । विशेष अधिवेशनका लागि रास्वपाले सबै राजनीतिक दलहरूको ध्यानाकर्षणसमेत गराएको छ ।
विपद्पछिको पुनःस्थापनामा सहयोग गर्नका लागि संसद्को विशेष अधिवेशन आवश्यक पर्ने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाद्वारा जारी विपज्ञप्तीमा उल्लेख छ ।