मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर फेरि अस्पताल भर्ना

  ४ घण्टा अगाडि

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदलाई श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको उहाँका सहयोगीले बुधबार एएफपीलाई जानकारी दिएका छन्।

दुई पटक प्रधानमन्त्री भइसक्नुभएका महाथिरलाई ‘लगातार खोकी’ लागेपछि अन्तिम पटक जुलाईमा अस्पताल भर्ना गरिएको थियो ।

उहाँका सहयोगीका अनुसार उहाँलाई मङ्गलबार साँझ नेसनल हार्ट इन्स्टिच्युटमा भर्ना गरिएको छ ।

सुफी युसोफले भन्नुभयो, “अस्पतालले महाथिरलाई ‘लोअर रेस्पिरेटरी ट्रैक्ट इन्फेक्सन’ को समस्या देखिएको जानकारी गराएको छ।”

उहाँले भन्नुभयो, “उहाँको उपचार केही दिन चल्ने अपेक्षा गरिएको छ ।”

महाथिर जुलाइदेखि ९९ बर्ष लाग्नुभएको थियो ।

हालैका वर्षहरूमा उहाँको मुटुमा लगातार समस्या देखिएपछि बाइपास सर्जरी पनि गरिएको थियो।

यस वर्षको सुरुमा करिब तीन महिना अस्पतालमा बिताएका उहाँले जुलाईमा पनि अस्पताल भर्ना भई उपचार गराउनुभएको थियो ।

सन् १९८१ देखि सन् २००३ सम्म मलेसियाकोे राष्ट्रिय नेता ९प्रधानमन्त्री० को जिम्मेवारी सम्हाल्ने महाथिरले चौथो व्यक्ति हुनुहुन्थ्यो ।

उहाँले सन् २०१८ देखि २०२० सम्म ९२ वर्षको उमेरमा दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

तपाईको प्रतिक्रिया