भारतीय सेनाका मेजर जनरल देवगनको नेपाल भ्रमण सम्पन्न

  २ घण्टा अगाडि

काठमाडौँ, २० असोज : भारतीय सेनाका मेजर जनरल चरणजीत सिंह देवगन, वाइएसएम, कर्णेल अफ दी रेजिमेन्ट, ३ गोर्खा राइफल्सको छदिने औपचारिक नेपाल भ्रमण सम्पन्न भएको छ । उहाँ यही असोज १४ गते नेपाल आउनुभएको थियो ।

भ्रमणका क्रममा उहाँले पोखराको पनि भ्रमण गर्नुभएको थियो । त्यहाँ भूतपूर्व सैनिक ¥यालीमा वीरता पुरस्कार विजेता र वीर नारीलाई सम्मान गर्नुभएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ । त्यस्तै, उहाँले रक्षा प्रभागका विभिन्न शाखा र भूतपूर्व सैनिक अंशदायी स्वास्थ्य योजना ९इसिएचएस० पोलिक्लिनिकको भ्रमण गर्नुभएको थियो ।

मेजर जनरल देवगनले भ्रमणका क्रममा नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देलसँग नेपाली सेनाको मुख्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । सो अवसरमा उहाँहरुबीच नेपालसँग भारतको द्विपक्षीय सैन्य सम्बन्धलाई अझ अघि बढाउने र दुई देशका सेनाबीचको सम्बन्धलाई सुदृढ पार्ने विषयमा छलफल भएको थियो ।

मेजर जनरल दुवै देशको द्विपक्षीय सम्बन्धलाई अघि बढाउन खेलेको कुशल व्यावसायिक भूमिका र नेपालमा भूतपूर्व सैनिकहरुको कल्याणका लागि लिइएका प्रयासका लागि भारतीय राजदूतावासस्थित रक्षा प्रभागका कर्मचारीहरुको प्रशंसा गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया