पूर्वराष्ट्रपति यादवद्वारा ‘नेपाली नाट्यविमर्श’ विमोचन

  ३ घण्टा अगाडि

काठमाडौँ, ६ असोजः पूर्वराष्ट्रपति डा रामवरण यादवले नाट्य विधा अभिव्यक्तिको एउटा सशक्त माध्यम भएको बताउनुभएको छ ।

नेपाल नाट्य प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘नेपाली नाट्यविमर्श’ को लोकार्पण कार्यक्रममा उहाँले साहित्यकारहरुले नाटकमार्फत आफ्नो देश र समाजलाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विमोचित ग्रन्थमा नेपालको इतिहास समेटिएको बताउनुभयो ।

प्रतिष्ठान अध्यक्ष रामचन्द्र पोखरेलले सम्पादन गर्नुभएको उक्त ग्रन्थमा चार खण्ड छन् । ग्रन्थमा नाटक र रङ्गमञ्चसँग सम्बन्धित सामग्री, नाट्यवार्ता, समावेश छन् ।

उक्त कार्यक्रममा नाट्यकर्मीहरु शकुन्तला शर्मा, अशेष मल्ल, सुनील पोखरेल र माधव बराललाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया