उपल्लो मुस्ताङ पर्यटकका लागि सहज बन्दै

  भदौ २२, २०८१

म्याग्दी, २२ भदौः पर्यटकको सहजताका लागि उपल्लो मुस्ताङका पदमार्गमा ‘साइन पोष्टिङ’ र पर्यटकीयस्थलमा सूचना पाटी तथा ‘होर्डिङ बोर्ड’ राखिएको छ ।
लोमान्थाङस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्पाप)इलाका संरक्षण कार्यालय पदमार्ग पहिचान गर्न सहयोग पुग्ने साइन पोष्टिङ, पर्यटकीय, धार्मिक, ऐतिहासिक स्थलको महत्वका विषयमा जानकारीमूलक सूचनापाटी तथा वन्यजन्तुको संरक्षणबारे सन्देशमूलक होडिङबोर्ड राखेको हो ।

एक्याप लोमान्थाङका रेञ्जर मदन पौडेलले बारागुङ मुुक्तिक्षेत्र गाउँपालिकाको छुसाङ, लो–घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको ४८ स्थानमा साइन पोष्टिङ, सूचना पाटी र होडिङ बोर्ड राखिएको जानकारी दिनुभयो । “पर्यटकहरुले सङ्केत चिह्न हेरेर आफ्नो गन्तव्य पहिचान गरेर यात्रा गर्न सहज होस्, नहराउन र दुःख नपाउन भनेर साइनपोष्टिङ राखिएको हो,” उहाँले भन्नुुभयो “गुफा, ताल, गुम्बा, दरबारलगायत ऐतिहासिक, प्राकृतिक, धार्मिक र पर्यटकीयस्थलको महत्व र विशेषता बुुझ्नका लागि नक्सासहितको सूूचनापाटी राखेका छौँ ।”

स्थानीयस्तरमा पाइने दुर्लभ वन्यजन्तुको संरक्षण, मानव र वन्यजन्तुुको द्वन्द्व न्यूनीकरण गराउन सावधानी अपनाउन सन्देश प्रवाह गराउने र पर्यटकलाई जानकारी गराउने उद्देश्यले हिउँचितुवा, रातो भालु, तिब्बती अर्गेलीलगायत जनावरका बारेमा होडिङ बोर्ड राखिएको छ ।

अग्ला, नाङ्गा र उजाड पहाड पार गरेर छरिएका मानव बस्ती तथा पर्यटकीय, धार्मिक र प्राकृतिकस्थल जाने क्रममा पर्यटकले बाटो बिराएर भनेको भन्दा अन्यत्र पुग्ने, घुमाउरो बाटो हिँड्नुपर्ने र दुुःख पाउने समस्या न्यूनीकरणका लागि सडक र पदमार्ग छेउछाउमा ‘रेञ्जिङ पोल’ र साइनपोष्टिङ राखिएको एक्यापका प्रमुुख प्रमोदराज रेग्मीले बताउनुभयो ।

उपल्लो मुस्ताङको दामोदरकुण्ड पुुगेर फर्कनुभएका म्याग्दीको अन्नपूूर्ण गाउँपालिका –५ का गणेश गुरुङ (सुुुरेन)ले उचाइ, गन्तव्यमा पुग्न लाग्ने दूरी, समय र त्यहाँको विशेषता उल्लेख भएको सूूचनापाटी तथा साइनपोष्टिङले सहज बनाएको बताउनुभयो । अझै धेरै ठाउँमा साइनपोष्टिङ, सूचनापाटी र होडिङ बोर्ड राख्नुपर्ने उहाँले बताउनुभयो ।

अन्नपूूर्ण संरक्षण क्षेत्र ९एक्याप०मा समेटिएको उपल्लो मुुस्ताङमा माटोको पर्खालभित्र रहेको लोमान्थाङ बस्ती, हरेक गाउँघका ऐतिहासिक दरबार, गुम्बा, गुफा, दामोदरकुण्डलगायत थुुुप्रै पर्यटकीय र धार्मिकस्थल छन् । मौलिक संस्कृति, रहनसहन, जीवनशैली र पृथक भूूगोल पनि यहाँका आकर्षण हुुन् ।

सन् २०२३ मा तीन हजार चार हजार ८४ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेका थिए । विदेशीको तुुुलनामा पछिल्लो समय उपल्लो मुस्ताङमा आन्तरिक पर्यटकको आगमन बढेको छ ।

अर्धनिषेधित क्षेत्र घोषणा भएको लोमान्थाङ, लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको पूरै र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ मा पर्ने उपल्लो मुस्ताङ भ्रमण गर्न विदेशी पर्यटकले दश दिनका लागि पाँच सय अमेरिकी डलर शुल्क तिर्नुपर्छ । दश दिनभन्दा बढी भ्रमण गर्न प्रतिदिन रु ५० का दरले शुल्क तिर्नुपर्ने नियम छ ।

निषेधित क्षेत्रमा बढी शुल्क तिर्नुपर्ने हुुँदा पर्यटक आगमन अपेक्षित रुपमा बढ्न नसक्दा स्थानीयको जनजीवन तथा आर्थिक गतिविधि प्रभावित भएकाले निषेधित क्षेत्र हटाउन माग गरिएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासीनर्बु गुरुङले बताउनुभयो ।

तपाईको प्रतिक्रिया