युक्रेनका विदेशमन्त्री कुलेबाको राजीनामा

  भदौ १९, २०८१

काठमाडौँ ,१९ भदौ :युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले राजीनामा दिएका छन् ।

रसियाले युक्रेनमा भिषण मिसाइल आक्रमण गरिरहेको बेला राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मन्त्रिमन्डल पुनर्गठन गर्ने तयारी गरेपछि कुलेबाले राजीनामा दिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

रुससँगको लडाइका क्रममा कुलेबा राष्ट्रपति जेलेन्स्कीका प्रमुख सहयोगी रहेका थिए । खासगरी उनले अन्तर्राष्ट्रिय समुदायसँग गरेको सहकार्यको निकै प्रसंशा गरिएको थियो ।

युक्रेनका मिडियाले सरकारका अन्य महत्वपूर्ण पदमा पनि यो साता परिवर्तन हुने उल्लेख गरेका छन् । राजीनामा दिने अन्य मन्त्रीमा उद्योगमन्त्री ओलेकसान्डर कामिसिन पनि रहेका छन् ।        
 

तपाईको प्रतिक्रिया