गरुडाका मेयर द्वारा धर्मशालाको निर्माण गर्न ५ लाख दिने प्रतवद्धता

  भदौ १८, २०८१

रौतहट ,१८ भदौ : रौतहटको मध्यभाग गरुडा नगरपालिकाको मेयर कन्थमणि जैसवालले कानु धर्मशालाको निर्माण कार्य पूरा गर्न ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

गरुडा ५ शिवनगर धाममा कानु समाजको कुल देवता बाबा गणिनाथ गोविन्द महाराजको बार्षिक पुजामा सहभागी भई आशिर्वाद ग्रहण पश्चात मेयर जैसवालले उक्त प्रतिवद्धता जनाएका हुन् ।

शिवनगर स्थित सोहि अवसरमा अधुरो रहेको कानु धर्मशालाको अनुगमन गर्दै निर्माणको लागी ५ लाख दिने प्रतिबद्धता गरेका थिए ।  हरेक किसिमका धर्म तथा आफ्नो संस्कृति र सभ्यताको मान समान्न प्रति हामी सवै एकबद्ध भई शान्त र समुन्नत समाज निर्माण गर्दै बिकाशको कार्यमा सवै एकजुट हुन जरुरी रहेको मेयर जैसवालको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया