ऊर्जा मन्त्रालयको वरिष्ठ ऊर्जाविज्ञमा प्रवल अधिकारी नियुक्त

  भदौ १४, २०८१

काठमाडौँ, १४ भदौः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वरिष्ठ ऊर्जाविज्ञमा प्रवल अधिकारी नियुक्त हुनुभएको छ ।

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१ भदौ १३ को निर्णयबाट ऊर्जा क्षेत्रका ज्ञाता काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–९ का अधिकारीलाई वरिष्ठ ऊर्जाविज्ञमा नियुक्त गरिएको हो ।

इलेक्टिकल इन्जिनियरिङ स्नातकोत्तर (डिग्री) हासिल गरी नेपाल विद्युत् प्राधिकरणबाट उपकार्यकारी निर्देशक पदबाट निवृत्त हुनुभएका अधिकारी झन्डै तीन दशकदेखि नेपालको ऊर्जा क्षेत्रको विकासमा क्रियाशील हुनुहुन्छ ।

विशेषतः ऊर्जा व्यापार, अन्तरदेशीय विद्युत् प्रसारण तथा ऊर्जा नीतिका ज्ञाता मानिने नवनियुक्त ऊर्जाविज्ञ अधिकारीले आजै मन्त्रालयमा पदभारसमेत ग्रहण गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया