यौनिक अल्पसङ्ख्यकको गाईजात्रा परेड

  भदौ ०४, २०८१

काठमाडौँ, ४ भदौ : यौनिक अल्पसङ्ख्यक समूहले गाईजात्राको अवसरमा गाईजात्रा परेड प्रदर्शन गरेका छन् । मङ्गलबार यौनिक अल्पसङ्ख्यक समूहका सदस्यहरूले राजधानीमा गाईजात्रा परेड प्रदर्शन गरेका हुन् ।

यौनिक अल्पसङ्ख्यकहरूले आफ्नो समूहका दिवङ्गतको सम्झनामा गाईजात्रा परेड प्रदर्शन गरेका छन् । उनीहरूले बर्सेनि गाईजात्राको अवसरमा गाईजात्रा परेड गर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया