जर्मनीको एक सङ्गीत समारोहमा आगलागी हुँदा २३ जना घाइते

  भदौ ०२, २०८१

बर्लिन, २ भदौ : जर्मनीको लेइपजिग शहर नजिकै आयोजित एक सङ्गीत समारोहमा शनिबार राति आगलागी हुँदा कम्तीमा २३ जना घाइते भएका छन् ।

‘हाइफिल्ड रक एन्ड पप फेस्टिवल’मा राती ९ बजे (स्थानीय समय) आगलागी भएको हो ।

उक्त समारोहमा २३ जना घाइतेमध्ये चारजना आगोले जलेर र एकजना लडेर घाइते भएका छन् । चार प्रहरीसहित अन्य घाइतेको अस्पतालमा स्वास्थ्य परीक्षण भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।

करिब ३० हजार मानिसको सहभागिता रहेको महोत्सव आगलागीका कारण करिब दुई घन्टा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।

घटनाको कारण खोजी भइरहेको अनुसन्धानकर्ताले बताएका छन् । (रासस/सिन्ह्वा)

तपाईको प्रतिक्रिया