एसिया छनोट क्रिकेट आयोजना गर्दै नेपाल

  भदौ ०१, २०८१

काठमाडौँ, १ भदौ : नेपालले आइसिसी १९ वर्षमुनि (यू-१९) क्रिकेट विश्वकप क्रिकेट एसिया छनोट-२०२५ को आयोजना गर्ने भएको छ ।

आगामी एप्रिल १२ देखि २१ तारिखसम्म हुने उक्त छनोट प्रतियोगिताको आयोजनाको जिम्मेवारी नेपालले पाएको नेपाल क्रिकेट सङघ (क्यान)ले जनाएको छ ।

क्यानका अनुसार छनोट प्रतियोगितामा आयोजक नेपालसँगै अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) छन् ।

छनोट खेलमा विजयी हुने टोलीले सन् २०२६ मा आयोजना हुने आइसिसी यु–१९ पुरुष विश्वकपमा प्रतिस्पर्धा गर्नेछ ।

तपाईको प्रतिक्रिया