पेरिस ओलम्पिक्सको अन्तिम दिन सन्तोषीले म्याराथनमा प्रतिस्पर्धा गर्दै

  साउन २६, २०८१

काठमाडौँ, २६ साउन : पेरिस ओलम्पिक्सको अन्तिम दिन आइतबार नेपालकी धाविका सन्तोषी श्रेष्ठले म्याराथनमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । युनिभर्सियालिटी कोटाबाट सन्तोषी पेरिस ओलम्पिक्समा छनोट भएकी हुन् ।

सन्तोषी गत १५ गते पेरिस पुग्नुभएको हो । दश दिन पेरिसमा नै उनले प्रशिक्षण गर्नुभयो । त्यहाँको मौसमसँगै अभ्यस्त भइसकेकी सन्तोषीले उत्कृष्ट प्रदर्शन गर्ने बताएकी छन् । सन्तोषीले नेपालको लागि १३ औँ दक्षिण एशियाली खेलकुद सागमा १० हजार मिटर दौडमा ऐतिहासिक स्वर्ण दिलाएकी थिइन् । पछिल्लो समय घरेलु म्याराथनमा उनी अब्बल खेलाडी हुन् । 

नेपालबाट सहभागी सातमध्ये ६ खेलाडी ओलम्पिक्समा सहभागी भएर फर्किसकेका छन् । जहाँ पौडीका एलेक्जेण्डर शाहले एक सय मिटर फ्रि स्टाइलमा राष्ट्रिय रेकर्ड बनाएका थिए । यसबाहेक अन्य खेलाडी पहिलो चरणबाट बाहिरिएका थिए ।

तपाईको प्रतिक्रिया