मन्त्रिपरिषद् बैठक : राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारी नियुक्त

  साउन १०, २०८१

काठमाडौँ, १० साउन : सरकारले  राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारीलाई नियुक्त गरेको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यक्षमा डा. शिवराज अधिकारीलाई नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । 

त्यसैगरी सरकारले राष्ट्रिय योजना आयोगका सदस्यमा डा. आरती बिछार, डा. रमेश प्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गङ्गादत्त अवस्थीलाई नियुक्त गरिएको प्रवक्ता गुरुङले जानकारी दिनुभयो । 

तपाईको प्रतिक्रिया