आइओसीद्वारा इटालीमा हुने शीतकालीन युवा ओलम्पिक खेलकुद २०२८ को प्रस्ताव

  साउन ०६, २०८१

पेरिस, ६ साउन : अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले शनिबार इटालीमा सन् २०२८ शीतकालीन युवा ओलम्पिक खेलहरू (वाइओजी) का लागि प्रस्ताव जाँच गर्न गर्न इटालेली ओलम्पिक समितिलाई लक्षित वार्तामा आमन्त्रण गरेको छ ।

आइओसी कार्यकारी बोर्डले डोलोमिटी भाल्टेलिना र लोम्बार्डी, ट्रेन्टिनो र भेनेटोका क्षेत्रीय साझेदारहरूलाई शीतकालीन वाइओजीको अर्को संस्करणका लागि रुचाइएको आयोजकको रूपमा तोकेको छ । यो परियोजना सन् २०२६ मिलानो–कोर्टिना शीतकालीन ओलम्पिक खेलहरूको विरासतमा आधारित हुनेछ ।

यसका लागि आयोजक आयोगले परियोजनाका सबै रणनीतिक र प्राविधिक तत्वहरूको विश्लेषण गर्ने र यस वर्षको अन्त्यमा आइओसी कार्यकारी बोर्डलाई रिपोर्ट गर्नेछ । युवा ओलम्पिक खेलहरू आयोजना गर्नका लागि सबै आवश्यकताहरू पूरा भएमा डोलोमिटी भल्टेलिना २०२८ लाई भविष्यको आइओसी सत्रद्वारा चुनावका लागि अगाडि बढाइनेछ । (रासस/सिन्ह्वा)

तपाईको प्रतिक्रिया