जेरुसेलम, २१ असार : चार टोलीको अन्तर्राष्ट्रिय बास्केटबल प्रतियोगिता आगामी सेप्टेम्बरमा इजराइलमा आयोजना हुने भएको छ । यो गत वर्षको अक्टोबर ७ मा हालको द्वन्द्व सुरु भएयता पहिलो पटक हो ।
एनबीए लिजेन्ड टोनी पार्कर, फ्रान्सेली युरोलिग असवेल ल्योन–विलेर्बनका अध्यक्ष तथा मालिक, इजराइली युरोकप क्लब हापोएल तेल अभिवका अध्यक्ष तथा मालिक ओफÞर यान्नेले संयुक्तरूपमा बिहीबार तेल अभिवमा उक्त प्रतियोगिताबारे घोषणा गर्नुभयो ।
च्याम्पियन्स लिग टोली इजराइलको हापोएल जेरुसेलम र लिथुआनियाको राइटास भिल्नियस पनि प्रतियोगितामा सहभागी हुनेछन् । यसमा थप टोलीमा विस्तार गर्ने सम्भावना पनि छ । (रासस/सिन्ह्वा)