रास्वपाको स्थापना दिवसमा प्रधानमन्त्रीसहित शीर्ष नेता

  असार ०८, २०८१

काठमाडौं, ७ असार : राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो स्थापना दिवसमा प्रमुख राजनीतिक दलका शीर्ष नेता सहभागी हुनुभएको छ। 

काठमाडौँको वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा शुक्रबार स्थापना दिवसका अवसरमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा एसका सम्मानित नेता झलनाथ खनाल सहभागी हुनुभएको छ।

यसैगरी, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत लगायतका नेताहरु सहभागी हुनुभएको छ।

तस्बिरः केशब गुरुङ 

तपाईको प्रतिक्रिया