सुनको मूल्य तोलामा नौ सयले वृद्धि

  जेठ ०७, २०८१

काठमाडौँ, ७ जेठ : स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु. नौ सयले वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार एक लाख ४० हजार नौ सयमा कारोबार भएकामा आजका लागि रु. एक लाख ४१ हजार आठ सय निर्धारण गरिएको छ ।

यस्तै, तेजाबी सुन आइतबार रु. एक लाख ४० हजार दुई सयमा कारोबार भएकामा आजका लागि रु. एक लाख ४१ हजार एक सय निर्धारण गरिएको महासङ्घले जनाएको छ । 

चाँदीको मूल्य पनि आज तोलामा रु. ३० ले वृद्धि भएको छ । आइतबार रु एक हजार नौ सय १० मा कारोबार भएकामा आजका लागि एक हजार नौ सय ४० निर्धारण भएको छ । (रासस)

तपाईको प्रतिक्रिया