काठमाडौँ, ३ जेठ : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले विरोध गरेपछि बिहीबारको राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।
बैठक शुक्रबार १ बजेर १५ मिनेटमा बस्नेगरी स्थगित भएको हो।बैठक सुरु भएपछि सभाको कारबाही प्रस्तुत गर्ने क्रममा नेपाली काँग्रेसका सांसदले उठेर विरोध जनाएका थिए ।
काँग्रेसले विरोध जनाएसँगै राष्ट्रिय सभा अध्यक्षले संसद बैठक शुक्रबारसम्मका लागि स्थगित गर्नुभएको हो।सो क्रममा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको ७ वर्षको इतिहासमा नयाँनयाँ पन देखिन थालेको महसुस भएको बताउनुभयो। उहाँले राष्ट्रिय सभामा बिरोध गर्नेकुराले सबैलाई अफ्ठ्यारो भएको र बाहिर नयाँ किसिमको परिचर्चा सुरु भएको बताउनुभयो ।
अध्यक्ष दाहालले नेपाली काँग्रेसलाई सभा सहज रुपमा अघि बढाउनका लागि भूमिका खेल्न पनि आग्रह गर्नुभयो ।