काठमाडौँ, १ जेठ : जुन १ तारिख देखि अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आइसिसी टी–२० विश्वकपका लागि बङ्गलादेशले खेलाडी टोलीको घोषणा गरेको छ ।
बङ्गलादेश क्रिकेट बोर्डले मङ्गलबार नजमुल हुसेन शान्तोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा अनुभवी अलराउन्डर साकिब अल हसनले पनि पुनरागमन गर्नुभएको छ ।
बङ्गलादेश विश्वकपको समूह ‘डी’ मा रहेको छ । यस समूहमा बङ्गलादेशसँगै श्रीलङ्का, दक्षिण अफ्रिका, नेपाल र नेदरल्यान्ड्स रहेका छन् । बङ्गलादेश जुन ७ तारिखमा श्रीलङ्कासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । नेपाल र बङ्गलादेशको खेल जुन १६ तारिखमा हुनेछ ।
बङ्गलादेश टोली
नजमुल हुसेन शान्तो (कप्तान), साकिब अल हसन, तस्किन अहमद, मुस्ताफिजुर रहमान, लिट्टन दास, सौम्य सरकार, तान्जिद हसन तमिम, तौहिद ह्रिदोय, महमुदुल्लाह रियाद, जाकेर अली अनिक, तनवीर इस्लाम, शाक महेदी हसन, रिशाद हुसेन, शोरिफुल इस्लाम र तान्जिम हसन साकिब तथा अफिफ हुसेन र हसन महमुद (वैकल्पिक) ।