काठमाडौँ, २६ चैत : स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज पनि वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु. छ सयले वृद्धि भएको छ ।
आइतबार प्रतितोला रु. एक लाख ३५ हजार छ सयमा कारोबार भएको छापावाल सुन आजका लागि भने रु. एक लाख ३६ हजार दुई सय कायम भएको छ ।
तेजाबी सुन तोलामा रु. एक लाख ३५ हजार पाँच सय ५० तय भएको छ । आइतबार तेजाबी सुन तोलामा रु. एक लाख ३४ हजार नौ सय ५० मा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आइतबार तोलामा रु. एक हजार छ सय ७० मा कारोबार भएको चाँदी आजका लागि भने रु. एक हजार छ सय ८५ निर्धारण भएको छ । (रासस)