काठमाडौँ, ८ पुस : ‘राजमहल’ शीर्षकमा चलचित्र घोषणा गरिएको छ । काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै राजदरबारको कथामा बन्ने भनिएको चलचित्र घोषणा गरिएको हो ।
केही वर्षअघि ‘ह्वाइट हाउस’ नामक चलचित्र बन्ने चर्चा गरिएको थियो । चलचित्र अब नयाँ नाममा बन्ने भएको हो । चलचित्रमा सविनकुमार तोलाङ्गीले लेखन तथा निर्देशन रहेको छ । रमेश उप्रेती, आँचल शर्मा, सलोन बस्नेत, सरोज खनाल, मिथिला शर्मा, सिम्रन पन्त, पवित्रा साकी (मिस पबी), अर्जुन श्रेष्ठ, दिनेश सिग्देल, अजय लामा, अजय रोक्का, पूजा भण्डारीलगायतले चलचित्रमा अभिनय गर्ने भएका छन् ।
चलचित्रका कार्यकारी निर्माता ऋषि लामिछाने छन् भने निर्माता शोभा श्रेष्ठ, यसबहादुर गुरुङ, अनिल पाण्डे र युवराज कार्की छन् । चलचित्रको छायाङ्कन नेपालसँगै अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने बताइएको छ ।