काठमाण्डाै , २६ मंसिर : एसीसी-१९ वर्षमुनिको एसिया कप क्रिकेटमा अहिले नेपाल र भारत खेलिरहेका छन् । दुबईमा भारतले टस जितेर फिल्डिङ रोजे पनि नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।
नेपालले अहिलेसम्म दुई खेल खेलेकोमा दुवैमा हार बेहोरेको छ । पहिलो खेलमा पाकिस्तानसँग र दोस्रो खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको हो ।
यस्तै, अर्को खेलमा पाकिस्तान र अफगानिस्तान खेल्दैछन् । दुई खेलमा दुवै खेल जितेको पाकिस्तान ४ अङ्क जोडेर समूहको शीर्ष स्थानमा छ ।
अफगानिस्तानले भने दुई खेलमा एकमा जित र एकमा हार बेहोरेको छ । प्रतियोगिताको फाइनल खेल आउँदो पुस एक गते हुनेछ ।