काठमाण्डाै, २५ मंसिर : एसीसी १९ वर्षमुनिकाे एसिया कप क्रिकेटमा पाकिस्तानले भारतलाई हराएकाे छ । आज आइतवार भएकाे खेलमा पाकिस्तानले भारतलाई ८ विकेटले हरायाे ।
भारतले दिएकाे २ सय ६१ रनकाे लक्ष्य पाकिस्तानले ४७ ओभरमा मात्र २ विकेट गुमाएर भेटायाे । पाकिस्तानका अजन अवैसले शतक बनाए । उनी १ सय ३० बलमा १ सय ५ रन बनाउँदै नट आउट रहे । यस्तै कप्तान साद बेगले नट आउट ६८ र शाहजैब खानले ६३ रन जाेडे । बलिङतर्फ भारतका मुरुगन अभिषेकले २ विकेट लिए ।
यसअघि दुबई आईसीसी एकेडेमी मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५९ रन बनायाे । भारतका आदर्श सिंहले ६२, कप्तान उदय शहरनले ६० र सचिन दासले ५८ रन बनाए । बलिङतर्फ भारतका माेहम्मद जेशानले ४ तथा अमिर हसन र उबैद शाहले समान २ विकेट लिए ।
याे जितसँगै पाकिस्तान २ खेलमा ४ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा छ । भारत उति नै खेलमा २ अङ्कसहित दाेस्राे स्थानमा छ ।