एसीसी यू–१९ : नेपालले अफगानिस्तानसँग खेल्दै

  मंसिर २४, २०८०

काठमाण्डाै, २४ मंसिर : एसीसी-१९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दैछ । खेल दुबईमा बिहान सवा ११ बजे हुनेछ ।

पहिलाे खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएकाे थियाे ।  नेपालले अब अर्काे खेल पर्सि मङ्गलवार भारतसँग खेल्नेछ । 

यस्तै, आजै हुने अर्को खेलमा भारत र पाकिस्तान खेल्दैछन् । दुवै टोली आज दोस्रो जितको खोजीमा हुनेछन् । भारतले पहिलाे खेलमा अफगानिस्तानलाई पराजित गरेकाे थियाे।  

याे प्रतियाेगिताकाे सेमिफाइनल खेल मङ्सिर २९ गते हुनेछ । सेमिफाइनलमा समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता तथा समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेता खेल्नेछन् । सेमिफाइनलमा पुग्न कम्तीमा दुई खेल जित्नुपर्ने हुन्छ । प्रतियोगिताको फाइनल खेल आउँदो पुस १ गते हुनेछ ।

याे प्रतियाेगिताकाे सबै खेलको लाइभ एसीसीकाे युट्युब च्यानलमा हेर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया