काठमाण्डाै,२२ मंसिर : इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) मा टाेटेनहम हट्सपुर वेस्ट ह्यामसँग पराजित भएकाे छ ।
आज शुक्रवार बिहान घरेलु मैदानमा भएकाे खेलमा टाेटेनहम वेस्ट ह्यामसँग २–१ गाेलले पराजित भयाे । टाेटेनहमले पहिलाे अग्रता लिए पनि त्यसलाई जाेगाउन नसक्दा वेस्ट ह्यामसँग पराजित भयाे । खेलकाे ११ औँ मिनेटमा क्रिस्टेन राेमेराेले गाेल गर्दै टाेटेनहमलाई अग्रता दिलाएका थिए । पहिलाे हाफसम्म टाेटेनहमले अग्रता कायमै राखेकाे थियाे ।
तर दाेस्राे हाफकाे ५२ औँ मिनेटमा जराेड बाेविनले गाेल गर्दै वेस्ट ह्यामलाई १–१ काे बराबरीमा ल्याए । त्यसपछि ७४ औँ मिनेटमा जेम्स वार्ड–प्राेसीले गाेल गर्दै वेस्ट ह्यामलाई अग्रता दिलाए । बाँकी समयमा थप गाेल हुन नसकेपछि वेस्ट ह्याम २–१ गाेलले विजयी भयाे ।
याे जितसँगै वेस्ट ह्याम १५ खेलमा २४ अङ्कसहित तालिकाकाे नवाैँ स्थानमा छ । टाेटेनहम उति नै खेलमा २७ अङ्कसहित पाँचाैँ स्थानमा छ ।
आज बिहान भएकाे अर्काे खेलमा एभर्टनले न्यु क्यासललाई ३–० गाेलले हराएकाे छ । एभर्टनले ३ वटै गाेल दाेस्राे हाफमा गर्याे । घरेलु मैदान गाेडिसन पार्कमा भएकाे खेलमा एभर्टनका लागि ड्विच्ट म्याकनेलले ७९ औँ, अब्दाेले डाेकुरले ८६ औँ र बेटाेले इन्ज्युरी समयकाे छैँटाैँ मिनेटमा गाेल गरे ।
याे जितसँगै एभर्टन १५ खेलमा १० अङ्कसहित तालिकाकाे १७ औँ स्थानमा उक्लिएकाे छ । न्यु क्यासल १५ खेलमा २६ अङ्कसहित साताैँ स्थानमा छ ।