काठमाण्डाै, १४ मंसिर : नेपाल सुपर लिग (एनएसएल) मा आज धनगढी एफसी र बुटवल लुम्बिनी एफसी खेल्नेछन् । यो खेल दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे शुरु हुनेछ ।
हिजो भएको खेलमा पोखरा थन्डर्स र ललितपुर सिटी एफसीले गोलरहित बराबरी खेलेका छन् । बराबरीसँगै दुवै टोलीको समान दुई खेलमा समान चार अङ्क भएको छ ।
पहिलो खेलमा ललितपुरले बुटवल लुम्बिनीलाई २–० गोलले र पोखराले एफसी चितवनलाई १–० गोलले हराएको थियो । एनएसएलको दोस्रो संस्करणमा ९ टोली सहभागी छन् ।