गणतन्त्रबिरुद्ध लाग्ने प्रति सरकार सतर्क छ : नेता कोइराला

  मंसिर ०७, २०८०

चितवन, ७ मङ्सिर : नेपाली काङ्ग्रेसका नेता डा शशांक कोइरालाले गणतन्त्रविरोधी गतिविधि गर्नेप्रति सरकार सतर्क भएको बताउनुभएको छ ।

आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै नेता कोइरालाले ठूलो त्याग र बलिदानबाट प्राप्त उपलब्धी रक्षाका लागि सरकार सतर्क भएको स्पष्ट पार्नुभयो । तरल अवस्थामा उश्रृङ्खल गतिविधि हुनसक्ने भन्दै सरकारले सतर्कता अपनाएको उहाँको भनाइ छ ।

उहाँले सहरमा जम्मा भइ हो–हल्ला गरेर समस्याको समाधान नहुने धारणा राख्नुभयो ।

तपाईको प्रतिक्रिया