नेपाल र यमनबीचकाे खेल पहिलाे हाफसम्म गाेलरहित बराबरी

  मंसिर ०५, २०८०

काठमाण्डाै, ५ मंसिर : फिफा विश्वकप फुटबलकाे छनाेटअन्तर्गत दाेस्राे चरणकाे खेलमा अहिले नेपालले यमनसँग खेलिरहेकाे छ ।

काठमाण्डाैकाे त्रिपुरेश्वरमा रहेकाे दशरथ रङ्गशालामा भइरहेकाे खेलकाे पहिलाे हाफ गाेलरहित बराबरीमा सकिएकाे छ । खेलमा दुवै टाेलीबाट केही राम्रा प्रहार भए पनि गाेल भने हुन सकेन । नेपाल समर्थन गर्न उल्लेख्य सङ्ख्यामा समर्थक मैदानमा पुगेका छन् ।

समूह चरणको पहिलो खेलमा नेपाल यूएईसँग ४–० गाेलकाे अन्तरले पराजित भएकाे थियाे । यमन पनि पहिलो खेलमा बहराइनसँग २–० गोलकाे अन्तरले पराजित भएको थियो ।

नेपाल छनोटको पहिलो चरणमा लाओसलाई हराएर दोस्रो चरणमा पुगेको हो । दोस्रो चरणको समूह ‘एच’ मा नेपालसहित यूएई, बहराइन र यमन रहेका छन् । समूहको शीर्ष दुई स्थानमा रहने टोली एसिया कपका साथै विश्वकप छनोटको अर्को चरणमा पनि पुग्नेछन् । तेस्रो र चौथो स्थानमा रहने टोली एसिया कपमा पुग्न फेरि खेल्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया