पेट्रोलको मूल्य लिटरमा ११ र डिजलको ५ रुपैयाँले घट्यो

  असोज २८, २०८०

काठमाडौँ, २८ असोज : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल-मट्टितेलको मूल्यमा क्रमशः प्रतिलिटर ११ र ५ रुपैयाँ घटाएको हो ।

निगमका अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६९ तथा डिजेलको मूल्य प्रतिलिटर एक सय ६५ रुपैयाँ कामय भएको छ । 

यसैगरी, दाङ र सुर्खेतमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७१ र डिजेलको मूल्य प्रतिलिटर एक सय ६७ तथा काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७२ र डिजेलको मूल्य प्रतिलिटर एक सय ६८ रुपैयाँ तोकिएको छ ।

यसअघि, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिलटर एक सय ८० तथा डिजेलको मूल्य प्रतिलिटर  एक सय ७० रुपैयाँ ५० पैसा, दाङ र सुर्खेतमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ८२ र डिजेलको मूल्य प्रतिलिटर एक सय ७२ तथा काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ८३ र डिजेलको मूल्य प्रतिलिटर एक सय ७३ रुपैयाँ थियो ।

इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअुनसार पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर ११/१८ र रु ५/०३ रुपैयाँले घटेर आएकाले पेट्रोलियम पदार्थ मूल्य घटाइएको राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया