१९औँ एसियाली खेलकुद : इरानसँग नेपाल पराजित

  असोज ०३, २०८०

काठमाडौँ, ३ असोज : १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गतको पुरुष भलिबल खेलमा नेपाल इरानसँग पराजित भएको छ । चीनमा भएको उक्त प्रतियोगितामा नेपाल इरानसँग ३–० को साझो सेटमा पराजित भएको हो ।

यससँगै नेपाल लगातार दोस्रो हार बेहोर्दै प्रतियोगिताबाट बहिरिएको छ । हिजो भएको पहिलो खेलमा नेपाल बहराइनसँग ३–१ को सेटमा पराजित भएको थियो । आज भएको खेलमा नेपाल इरानसँग ९–२५, १४–२५, र १३–२५ ले पराजित भयो ।

एसियाली खेलकुदको औपचारिक उद्घाटन भने यही असोज ६ गते हुनेछ । उद्घाटनअघि भलिबल, फुटबल र क्रिकेट खेल हिजोदेखि नै सुरु भइसकेका छन् ।

तपाईको प्रतिक्रिया