म्याड्रिड, स्पेन, २९ भदौ : स्पेनको महिला विश्वकप टोलीका लगभग सबै खेलाडीले स्पेनिस फुटबल महासङ्घले हालै गरेको परिवर्तनले राष्ट्रिय टोली सुरक्षाको अनुभूति दिन नसकेको बताएका छन् ।
उनीहरूले हालै सम्पन्न महिला विश्वकपमा स्पेनी टालीले उपाधि जित्न सफल भएपछि स्पेनी प्रशिक्षकद्वारा एक खेलाडीलाई चुम्बन खाएपछि यस प्रकरणका कारण विश्वव्यापी रूपमा स्पेन र स्पेनी प्रशिक्षकको आलोचना भएको थियो । यसै विवादबारे समाधानका लागि भन्दै महासङ्घले केही नीतिगत सुधारको आश्वासन दिएको छ । तर फुटबलका स्पेनी महिला खेलाडीले सुधार पर्याप्त नभएको जनाएका हुन् ।
महिला विश्वकप टोली एक्समा फुटप्रो युनियनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामीले आज महासङ्घलाई जानकारी गराएका छौं, जहाँ महिला फुटबललाई समर्थन गरिन्छ त्यहाँ हामीले हाम्रो अधिकतम प्रदर्शन दिन सक्छौँ । तर पछिल्लो परिवर्तनपछि पनि खेलाडीहरू आफू सुरक्षित स्थानमा रहेको महसुस गर्न पर्याप्त छैन ।”
विज्ञप्तिमा महिला राष्ट्रिय टोलीका २३ खेलाडीमध्ये २१ खेलाडीले हस्ताक्षर गरेका छन् ।