आसिफ अर्धशतक बनाएपछि आउट

  भदौ १८, २०८०

काठमाडौं, १८ भदौ : एसिया कपअन्तर्गत भारतविरुद्धको खेलमा नेपालका ओपनर आसिफ शेख ५८ रनमा आउट हुनुभएको छ । यद्यपि, आउट हुनुअघि आसिफले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा आफ्नो दशौँ अर्धशतक बनाउनुभयो ।

आसिफ ९७ बल खेलेपछि मोहम्मद सिराजको बलिङमा विराट कोहलीद्वारा क्याच आउट हुनुभयो । यसअघि, कोहलीले नै आसिफलाई एक रनमा जीवनदान दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया