जोगिन्दरको गाईजात्रे प्रस्तुति ‘लुछाचुँडी’

  साउन २५, २०८०

काठमाडौँ, २५ साउन : हरेक वर्ष निरन्तर रूपमा गाईजात्रे प्रस्तुति बजारमा ल्याइरहनुभएका ‘जोगिन्दर’ को उपनामले चर्चित हास्य कलाकार शिवशङ्कर रिजालले यस वर्ष २१ औँ गाईजात्रे कोसेली ‘लुछाचुँडी’ सार्वजनिक गर्नुभएको छ । दर्शक तथा श्रोतालाई हास्यव्यङ्ग्यको माध्यमबाट मनोरञ्जन दिने उद्देश्यले उहाँले ‘लुछाचुँडी’ सार्वजनिक गर्नुभएको बताउनुभयो । 

‘लुछाचुँडी’ मा देशमा सबैको चासो र चिन्ताको विषय रहेको भ्रष्टाचार मुख्य मुद्दाका रूपमा चिरफार गरिएको छ । अखण्ड भारतभित्र नेपालको भू–भाग राखिएको विषय पनि उहाँको यो पटकको गाईजात्रामा परेको अर्को विषय हो ।  विशुद्ध मनोरञ्जन दिने उद्देश्यले तयार गरिएको ‘लुछाचुँडी’ मा देशमा सबैको चासो र चिन्ताको विषय रहेको भ्रष्टाचारलाई चिरफार गर्दै व्यङ्ग्य गरिएको उहाँले बताउनुभयो । दुई दशकदेखि गाईजात्रा पर्वमा नियमित कोसेली ल्याउने गर्नुभएका रिजालको ‘लुछाचुँडी’ २१ औँ कोसेली हो ।

उहाँलाई प्यारोडी गीत गायनमा प्रकाश ओझा, कर्णराज गिरी र राधिका हमालले साथ दिएका छन् ।  प्रहसनमा घनश्याम गौतम ‘नक्कली प्रचण्ड’, सुरेश तिमिल्सेना ‘नक्कली ओली’, गोपाल नेपाल ‘नक्कली देउवा’, राधिका हमाल, सावित्रा लामिछाने, अर्जुन गिरी, ज्ञानदेव गिरी, प्रेम शर्मा पौडेल, शिवराम कार्कीलगायतले अभिनय गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया