प्रतिनिधिसभाको बैठक भोलि दिउँसो ३ बजे बस्ने

  साउन २२, २०८०

काठमाडौँ, २२ साउन : प्रनिधिसभाको बैठक भोलि दिउँसो ३ बजे बस्ने तय भएको छ । पूर्वनिर्धारित तालिकाअनुसार आज बैठक बस्न नसकेपछि मङ्गलबार दिउँसो ३ बजेका लागि सारिएको हो ।

आज दिउँसो १ बजे बैठक बस्न नसकेपछि आजै दिउँसो ४ बजेका लागि सारिएको थियो । सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले बैठक विशेष कारणले उक्त समयमा बस्न नसकेको बताउनुभयो ।

सङ्घीय संसद्का महासचिव गौतमले आज ४ बजे बस्ने गरी तय भएको प्रतिनिधि सभा बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकाले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम ३ बमोजिम सभामुखले सभाको अर्को बैठक साउन २३ गते मङ्गलबार दिउँसो ३ बजे बस्ने गरी निर्धारण गर्नुभएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया