प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजेका लागि स-यो

  साउन २२, २०८०

काठमाडौँ, २२ साउन : प्रनिधिसभाको आजको बैठक अपराह्न ४ बजेका लागि सरेको छ ।

आज दिउँसो १ बजेका लागि तय भएको बैठक विशेष कारणले आजै अपराह्न ४ बजेका लागि सारिएको सङ्घीय संसद्को महासचिव डा भरतराज गौतमले बताउनुभयो ।

सभामुख देवराज घिमिरेले सदन अवरोधका विषयमा शीर्ष नेतासँग छलफल जारी राख्नुभएको छ ।

तपाईको प्रतिक्रिया