भदौ ३० मा राष्ट्रिय युवा विज्ञान सम्मेलन

  साउन १९, २०८०

काठमाडौँ, १९ साउन : नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले आउँदो भदौमा राष्ट्रिय युवा विज्ञान सम्मेलन आयोजना गर्ने भएको छ । नासोले विज्ञान तथा विज्ञानमा लगाव राख्ने १३ देखि २५ वर्ष उमेर समूहका युवा तथा बालबालिकालाई लक्षित गरेर भदौ ३० गते राष्ट्रिय युवा विज्ञान सम्मेलन आयोजना गर्ने जनाएको छ ।

कार्यक्रममा आवेदन दिने युवा तथा बालबालिकालाई सम्मेलन आयोजना हुनुभन्दा पहिले दूरशिक्षा विधिबाट वैज्ञानिक अनुसन्धानपत्र अवधारणा लेखन तथा प्रस्तुतीकरणसबन्धमा कार्यशाला सञ्चालन गरिने विज्ञप्तिमा उल्लेख छ । यस वर्ष सम्मेलनको विषयवस्तु ‘भविष्यका लागि सिकाइ’ (लर्निङ फर फ्युचर) रहेको छ । 

यससँगै सम्बन्धित रहेर सहभागीले सम्मेलनमा आफूले गरेका वैज्ञानिक काम, अवधारणा तथा योजनालाई प्रस्तुत गर्ने नासोले जनाएको छ । सम्मेलनमा उत्कृष्ट प्रस्तुतीकरण गर्ने सहभागीलाई विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुने अवसर दिइने बताइएको छ । 

तपाईको प्रतिक्रिया