पेट्रोलियम पदार्थको मूल्य बढ्यो, एलपी ग्यासको मूल्य १३० रुपैयाँले घट्यो

  साउन १६, २०८०

काठमाडौँ, १६ साउन : पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा नौ तथा डिजेल र मट्टितेलमा सात रुपैयाँ बढाएको छ ।

भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आयल निगमले जनाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १७०, दोस्रो वर्गमा १७२ र तेस्रो वर्गमा १७३ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १५०, दोस्रोमा १५२ र तेस्रो वर्गमा १५३ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डिर एक हजार छ सय ६० रुपैयाँमा झरेको छ । निगमले एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँले घटाएको छ । हवाई इन्धनको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

तपाईको प्रतिक्रिया