ब्राजिलको जितमा एरीको ह्याट्रिक

  साउन ०९, २०८०

काठमाडौं, ८ साउन : एरी बोर्गेसले ह्याट्रिक पूरा गरेपछि ब्राजिलले फिफा महिला विश्वकप फुटबलमा पानमामाथि सानदार जित निकालेको छ ।

समूह ‘एच’ अन्तर्गत सोमबार साँझ भएको खेलमा ब्राजिलले पानमालाई ४–० गोलले हरायो । ब्राजिलको जितमा एरीले १९, ३९ र ७०औं मिनेटमा गोल गर्नुभयो । एरीको यो जारी विश्वकपकै पहिलो ह्याट्रिक हो । अर्को गोल बिआ जेनराटोले ४८औं मिनेटमा गर्नुभएको थियो ।

जितसँग ब्राजिलले तीन अङ्क बनाएको छ । पानमाले हारबाट विश्वकपको सुरुवात गरेको छ । यस समूहको पहिलो खेलमा फ्रान्स र जमैकाले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका थिए । (एजेन्सी)

तपाईको प्रतिक्रिया