एभरेष्ट इन्टरनेसनल मोडेल युएन सम्मेलन सुरु

  असार २५, २०८०

काठमाडौँ, २५ असार : नेपालस्थित संयुक्त राज्य अमेरिकी राजदूतावासद्वारा युथ थिन्कर्स सोसाइटीको साझेदारीमा आज एभरेष्ट इन्टरनेसनल मोडेल युएन छैटौँ वार्षिक क्षेत्रीय सम्मेलनको शुभारम्भ गरिएको छ ।

पाँचदिने सम्मेलनको नेपालका लागि अमेरिकाका राजदूत डिन आर थोम्सनले युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, युनएन वुमन नेपालका देशीय प्रतिनिधि प्याट्रिसिया फेर्नाडेज–पाचेको लगायतको समुपस्थितिमा शुभारम्भ गर्नुभयो ।

सम्मेलनमा दक्षिण र मध्य एसियाका १३ राष्ट्रका साथै अन्य बाहिरका राष्ट्रहरूका गरी दुई सय प्रतिनिधिहरू समावेश छन् । प्रतिनिधिले संयुक्त राष्ट्र समितिहरू संयुक्त राष्ट्र महिला, संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम, संयुक्त राष्ट्र बाल कोष र संयुक्त राष्ट्र सुरक्षा परिषद्को अनुकरण गर्नेछन् ।

सम्मेलनमा सहभागीहरूको विविध समूहले आफ्ना अनुभव र विशेषज्ञता आदानप्रदान गर्दै वर्तमान विश्वव्यापी एजेन्डाहरू छलफल गर्नेछन् । साथै, सम्मेलन सान्दर्भिक मुद्दाहरूलाई प्रत्यक्ष रूपमा सम्बोधन गरी प्रतिनिधिहरूले आफ्नो अभिनव नीति सिफारिसहरू प्रस्तुत गरेर समापन गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया