गाउँका जनतासँग अन्तरक्रिया गर्नुहुँदै प्रधानमन्त्री प्रचण्ड (फोटो फिचर)

  असार १५, २०८०

पोखरा, १५ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा आसपासका गाउँका जनतासँग अन्तरक्रिया गर्नुभएको छ । अन्तर प्रदेश मुख्यमन्त्रीहरूको बैठक एवम् राष्ट्रिय समन्वय परिषदको बैठकका लागि पोखरा आउनुभएका प्रधानमन्त्री प्रचण्डले जतनासँग अन्तरक्रिया गर्नुभएको हो ।

शुक्रबार बिहान मुख्यमन्त्रीहरूको संयुक्त बैठकलाई सम्बोधन गरेपश्चात् प्रधानमन्त्री प्रचण्डले कास्कीको अन्नपूर्ण गाउँपालिका वडां.–२ का स्थानीय जनतासँग अन्तरक्रिया गर्नुभएको हो । स्थानीय जनतासँगको अन्तरक्रियामा प्रधानमन्त्रीले गाउँको अवस्था, खेतीबाली, मौसम लगायतका विषयमा जिज्ञासा राख्नुभएको थियो ।

सो क्रममा अन्नपूर्ण गाउँपालिका वडा नं.–२ का वडाध्यक्ष पिताम्बर भण्डारीले वडाको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो । वडाध्यक्ष भण्डारीले कास्कीको विकासमा प्रधानमन्त्रीले गर्नुभएको योगदानको प्रशंसा गर्नुहुँदै आगामी दिनमा समेत यस क्षेत्रको विकासलाई प्राथमिकता दिन आग्रह गर्नुभएको थियो ।

सो अवसरमा प्रधानमन्त्रीले अन्नपूर्ण–२ का साथै हेम्जाका स्थानीयहरूसँग समेत अन्तरक्रिया गर्नुभयो । अन्तरक्रियामा प्रधानमन्त्रीले स्थानीय अवस्था र जनताका अनुभूतिहरूबारे विशेष चासो राख्नुभएको हो ।

तपाईको प्रतिक्रिया