काठमाडौं, २ असार : राष्ट्रपति रामचन्द्र पौडेल मुटुमा पुनस् समस्या देखिएपछि अस्पताल भर्ना हुनु भएको छ । मध्यरातमा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पुयाइएका राष्ट्रपति पौडेललाई बिहान नै मनमोहन कार्डियो भास्कुलर लगिएको स्रोतले बताएको छ।
पौडेलको मुटुमा समस्या देखिएपछि २ बजे राति त्रिबि शिक्षण अस्पताल पुर्याइएको थियो।
स्रोतका अनुसार टिचिङबाट आज बिहान ५ बजे मनमोहन कार्डियो थेरासिस भास्कुलर एन्ड ट्रान्स प्लान्ट सेन्टरमा लगिएको छ। अहिले उहाँको सिसियूको क्याबिनमा राखेर उपचार भइरहेको स्रोतले बताएको छ।
केही दिन अघि पनि मुटुमा समस्या आएपछि अस्पताल भर्ना हुनु भएको थियो । उहाँ अघिल्लो महिना मात्रै भारतको नयाँदिल्लीमा उपचार गरी फर्किनु भएको थियो ।