महिला तथा सामाजिक मामिला समिति सदस्यमा कंसाकार

  जेठ २४, २०८०

काठमाडौँ, २४ जेठ : प्रतिनिधिसभामा सदस्य बिन्दवासिनी कंसाकार महिला तथा सामाजिक मामिला समितिमा मनोनीत हुनुभएको छ । उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सदस्यका रुपमा सांसद बन्नुभएको हो ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७७ बमोजिम सभामुख देवराज घिमिरेले सांसद कंसाकारलाई समिति सदस्यमा मनोनयनका लागि प्रस्ताव गर्नुभएकोमा बैठकले सहमति जनाएको हो ।

तपाईको प्रतिक्रिया